समाचारशुक्रबार, बैशाख २६, २०७१
न्यायपरिषदको निर्णय पुनरावलोकन हुन्नः ढुंगाना
न्यायपरिषद सदस्य ढुंगानाले परिषदको सिफारिश उपयुक्त भएकाले त्यही अनुसार सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति हुनुपर्ने बताए । रिपोर्टर्स क्लबले २६ बैशाखमा गरेको कार्यक्रममा उनले न्यायपरिषदले धेरै अध्ययन गरेर मापदण्डभित्रै रहेर राम्रो निर्णय गरेको जिकिर गरे ।
“न्यायपरिषद आफ्नो निर्णयमा अडिग छ,” उनले भने, “संसदीय सुनुवाई विशेष समितिले जे गर्छ गरोस्, हामी फेस गर्न तयार छौं ।”
उनले सुनुवाई समितिलाई महाअभियोग लगाउन चुनौति दिँदै त्यसका लागि न्यायपरिषद तयार रहेको बताए । तर, उनले समितिको निर्णय भने आफूहरुलाई स्वीकार्य भएको स्पष्ट पारे ।
उनले सर्वोच्चमा रिक्त १० न्यायाधीशको नियुक्ति समेत छिट्टै गरिने बताए । ढुङगानाले भने–हामिले ईमान्दारिताका साथ ब्रम्हले देखेर निर्णय गरेका हौ । यसमा कुनै आर्थिक चलखेल छैन । आर्थिक चलखेलको आरोप हाम्रो चरित्र हत्या गर्ने नियतले ल्याईएको हो । आर्थिक चलखेलको प्रमाण दिए म पदत्याग गर्न तयार छु ।
उनले सर्वोच्च अदालतमा रिक्त १० न्यायधिसको नियूक्ती समेत छिट्ट गरिने जानकारी दिए । त्यसमा बार लगायतका विज्ञ क्षेत्रबाट ल्याईने बताए ।
