समाचारशुक्रबार, बैशाख २६, २०७१

मेडिकल कलेजले लिने शुल्कको अधिकतम सीमा तोकः अख्तियार

हिमालखबर

अख्तियारले आगामी शैक्षिक सत्रदेखि नै लागू हुने गरी मेडिकल कलेजले लिने शुल्कको अधिकतम सीमा तोक्न निर्देशन दिएको हो । शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मेडिकल काउन्सिल, विश्वविद्यालय लगायतका पदाधिकारीसँग २६ बैशाखमा छलफल गरेर अख्तियारले शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

अख्तियारले विश्वविद्यालयहरुसँग समन्वय गरेर शुल्कको अधिकतम शुल्क तोक्न भनेको छ । तोकिएकोभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था कडाइका साथ लागू गर्ने पनि अख्तियारले जनाएको छ ।

अख्तियारले मेडिकल कलेजहरुले लिने शुल्कमा एकरुपता ल्याउन पनि भनेको छ । अख्तियारले मेरिटको आधारमा विद्यार्थी भर्नाको व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।
मेडिकल कलेजहरुमा नेपाली विद्यार्थीको न्यूनत्तम सिट प्रतिशत निर्धारण गर्न र नेपाली विद्यार्थी भर्ना नभए मात्र विदेशी विद्यार्थी भर्ना गर्न सक्ने व्यवस्था मिलाउने पनि अख्तियारले भनेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>