समाचारशुक्रबार, बैशाख २६, २०७१
बालिकामाथि करणी र हत्याका अभियुक्त पक्राउ
जिल्ला प्रहरी कार्यालय बाराले २६ वैशाखमा पत्रकार सम्मेलन गरी ६ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेका अभियुक्त बारा, कलैया–७ निवासी संजीवविक्रम शाह र बैजु राउत मेस्तरलाई सार्वजनिक गरेको छ ।
अभियुक्तहरुले भारतको रक्सौल घर भई कलैया–७ स्थित मामाघरमा बस्दै आएकी ६ बर्षीया बालिकालाई ललाइ–फकाइ बरेवास्थित दरबारमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बालिकाको मृत्यु अत्यधिक रक्तश्राव र सास निस्सासिएर भएको थियो ।
श्याम गुप्ता, बारा

