समाचारशनिबार, बैशाख २७, २०७१

एक वर्षको समय दिनोस्ः कोइराला

हिमालखबर

प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक संविधान निर्माणका लागि एक वर्ष निर्वाध रुपमा काम गर्ने अवसर पाउनुपर्ने बताए हुन् । सिरहा, लहानमा २७ बैशाखमा नेपाल रेडक्रस सोसाइटीको ४३ औं अधिवेशनको उदघाटन गर्दै उनले भने, “हामीलाई एक वर्षको समय दिनोस्, हामी लोकतान्त्रिक संविधान दिन्छौं ।”

उनले २०६२/६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न पनि शान्ति र अमनचैन कायम गर्नुपर्ने बताए । “नेपालमा प्राप्त भएको संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशिता ठूलो उपलब्धी हो,” उनले भने, “मुलुक फेरि द्वन्द्वमा गए दुःख पाइन्छ, त्यसैले अहिले जागिऔं ।”

उनले लोकतान्त्रिक संविधान निर्माणमा कसैले अवरोध गरे जनताले ठेगान लगाउने बताए । “लोकतान्त्रिक संविधान बनाउन कसैले रोक्न सक्दैन, लोकतान्त्रिक संविधानको विकल्प छैन,” उनले भने ।

उनले लोकतान्त्रिक वातावरणमा शान्ति र राजनीतिक स्थायित्व कायम भएका मात्र देशमा विकास हुने बताए । वर्तमान पुस्ता विकासको ठूलो अवसरको छेउमा उभिएको बताउँदै उनले भने, “हाम्रो काँधमा ठूलो जिम्मेवारी छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>