समाचारआइतबार, बैशाख २८, २०७१
नेता नेपाल नै एमाले अध्यक्षः रावल
नेकपा एमाले नेता रावलले पार्टी अध्यक्षका लागि नेता नेपाल नै उपयुक्त हुने दावी गरे । प्रेस चौतारी नेपाल कैलालीले २८ बैशाखमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबैलाई समेटेर लैजान सक्ने क्षमता नेता नेपालसँग मात्र भएको जिकिर गरे ।
आन्तरिक व्यवस्थापनका कारण महाधिवेशन सर्दै गएको उनको भनाइ छ । उनले तोकिएकै मितिमा महाधिवेशन हुने पनि बताए ।
उनले मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासदको अझैसम्म टुंगो नलाग्नुमा सरकारको कमजोरी रहेको धारणा राखे ।
