समाचारआइतबार, बैशाख २८, २०७१

भ्रष्टाचारले मुलुक समाप्त पार्‍योः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री कोइरालाले भ्रष्टाचारले मुलुकलाई बिगारेको भन्दै त्यसलाई रोक्न कर्मचारीलाई भनेका छन् । नेपाल निजामती कर्मचारी युनियनको छैठौँ केन्द्रीय महाधिवेशनको २८ बैशाखमा रत्ननगरमा उदघाटन गर्दै उनले भने, “विगतलाई छाडौँ, अब नेपाललाई भ्रष्टाचारमुक्त देश बनाऔँ, त्यसको जिम्मेवारी तपाईहरुको हातमा छ ।”

जनताको काम छिटोछरितो गरेर लोकतन्त्रको आभास दिलाउन पनि उनले कर्मचारीसँग आग्रह गरे । उनले थानीय निकायको निर्वाचन हुन नसक्दा अर्बौं रुपैयाँ बालुवामा पानी हाले सरह भएको उल्लेख गरे । उनले भने, “यथाशक्य छिटो निर्वाचन गरेर जनतालाई विकासको अनुभूति दिलाउनु सरकारको दायित्व हो ।”

एक वर्षभित्र संविधान निर्माण हुने कुरामा ढुक्क रहन आग्रह गर्दै उनले भने, “एक वर्षभित्र संविधान आउँछ, आउँछ, तपाईहरु ढुक्क हुनुस् ।” संयुक्त सरकार भएकाले जनताले अपेक्षा गर ेअनुसारको काम हुन नसके पनि महत्वपूर्ण कामहरु भएको उनले दावी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>