समाचारबिहीबार, भाद्र २१, २०६९
संविधानसभासम्बन्धी एमालेको श्वेतपत्र
एमालेको संघीयतासम्बन्धी प्रष्ट दृष्टिकोणको अभाव, सामाजिक दवाव समूहलाई बलियो हुनु र संविधानसभामा समानुपातिक प्रणाली अपनाउनुलाई पनि उसले संविधान नबन्नुको कारण भनेको छ ।
एमाले सचिव शंकर पोखरेलको संयोजकत्वमा गठित श्वेतपत्र मस्यौदा समितिले २१ भदौमा पार्टी अध्यक्ष झलनाथ खनाललाई श्वेतपत्रको प्रारम्भिक मस्यौदा बुझाएको हो । ‘संविधानसभा गठनदेखि विघटनसम्म श्वेतपत्र’ शीर्षक दिइएको मस्यौदामा लोकतान्त्रिक शक्तिहरु विभाजित हुनाले राष्ट्रिय सुरक्षा समेत जोखिममा परेको उल्लेख छ ।
५८ पृष्ठ लामो श्वेतपत्रमा २ जेठ २०६९ भएको सहमतिको आधारमा संविधानको प्रारम्भिक मस्यौदा र संघीयतासम्बन्धी विषय टुँगो लगाउनुपर्ने उल्लेख छ ।
