थप समाचारसोमबार, बैशाख २९, २०७१

भारतीय मोबाइल तस्कर पक्राउ

हिमालखबर

प्रहरीले रु.१३ लाख मूल्य बराबरको मोबाइलसहित चार जना भारतीय तस्करलाई पक्राउ गरेको हो । २८ बैशाख राति पक्राउ परेका उनीहरुलाई पर्सा प्रहरीले २९ बैशाखमा सार्वजनिक गरेको छ ।

प्रहरीले सार्वजनिक गरेका मोबाइल तस्करीमा संलग्न भारतीयहरु । तस्वीरः बिम्मी शर्मा

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले छपकैयाबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नोकिया, सामसुङ्ग, एप्पल, ब्लाकबेरी र एचटीसी कम्पनीका मोबाइल सेट बरामर गरेको छ ।

पक्राउ पर्नेहरुमा विहार मोतिहारी, बिजबनी घोघियाका महम्मद सेराज, महम्मद सलीम, बेतिया पथकैयाका राजु महतो र घोडासहनका जितेन्द्र जयसवाल छन ।

मोबाइलसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग मध्यमान्चल क्षेत्रीय कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>