समाचारबिहीबार, भाद्र २१, २०६९
कल डिटेल र एसएमएस दुरुपयोगविरुद्ध सर्वोच्चमा रिट
पत्रकार तारानाथ दाहाल, अधिवक्ता बाबुराम अर्याल, सन्तोषबाबु सिग्देल र टंकराज अर्यालको तर्फबाट दानबहादुर कार्कीले २१ भदौमा सर्वोच्चमा रिट दायर गरेका हुन । रिटमा नीति निर्माणकर्ता नियमनकर्ता र पालनकर्ताको हैसियतले नागरिकको अधिकार रक्षाका लागि काम गर्नु पर्ने दायित्व भएकाहरुले अनुसन्धानका लागि भन्दै लिएको कल डिटेल र एसएमएसको दुरुपयोग गरेर गोपनियताको हक हनन गरेको उल्लेख छ ।
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको अनुसन्धानका क्रममा नेपाल प्रहरीले टेलिफोन कल डिटेल र एसएमएस लिएर त्यसको दुरुपयोग गरेको समाचार विभिन्न सन्चारमाध्यमले सार्वजनिक गरेको थियो । नेपाल टेलिकमलगायतका टेलिफोन कम्पनीले यसअघि जुनसुकै प्रहरी अधिकृतले मागे पनि कल डिटेल उपलब्ध गराउँदै आएको थियो ।
