समाचारमंगलबार, बैशाख ३०, २०७१

न्यायाधीश सुनुवाईबारे संसदीय सुनुवाई समितिको छलफल

हिमालखबर

सिंहदरबारमा ३० बैशाखमा बसेको समिति बैठकमा सिफारिश न्यायाधीश सुनुवाईबारे सदस्यहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । बैठकमा बोल्ने केही सभासदले न्यायाधीश सिफारिश गर्ने न्यायपरिषदकै सदस्यलाई बोलाएर छलफल गर्नुपर्ने बताएका छन् ।

एमाओवादी सभासद अग्नी सापकोटाले विवादास्पद छवि भएका न्यायाधीशलाई न्यायपरिषदले सिफारिश गरेकाले न्यायपरिषदका पदाधिकारीलाई नै बोलाएर छलफल गर्नुपर्ने बताए । एमाले सभासद रविन्द्र अधिकारीले पनि न्यायपरिषदका सदस्यसँग छलफल गर्न सकिने भनाइ राखे ।
बैठकमा कांंग्रेस सभासदहरुले भने सिफारिश भएका सबै न्यायाधीशलाई खराब भन्न नमिल्ने तर्क गरेका छन् । उनीहरुले ठीक र बेठिक छुट्याएर टुंगोमा पुग्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि ९ बैशाखमा न्यायपरिषदले ८ जनाको नाम सिफारिश गरेको थियो । सिफारिश भएकामा  न्यायाधीशहरु वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्द्रकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा र जगदशी शर्मा पौडेल छन् ।

सिफारिश भएका न्यायाधीशविरुद्ध २२ उजुरी परेका छन् । उनीहरुमध्ये केहीको नैतिक चरित्र, आचरण तथा कार्य सम्पादनमाथि प्रश्न उठाइ उजुरी परेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>