समाचारमंगलबार, बैशाख ३०, २०७१

मापदण्ड विपरित शुल्क लिने विद्यालयलाई अन द स्पट कारबाही

हिमालखबर

मनलाग्दी शुल्क लिने नीजि विद्यालयलाई कडा कारबाही गर्ने तयारीमा रहेको शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माले जानकारी दिए । रिपोर्टर्स क्लबले ३० बैशाखमा गरेको कार्यक्रममा उनले केन्द्रीय शुल्क निर्धारण अनुगमन समिति गठन गरिसकेकाले मापदण्ड विपरित शुल्कवृद्धि गर्नेलाई अन द स्पट कारबाही गरिने बताए ।

शुल्कवृद्धिबाट उत्पन्न समस्याको छानबीन र समाधानका लागि समिति गठन भएको र मनलाग्दी गर्नेलाई छानबीन तथा कारबाही गरिने उनको भनाइ छ । उनले जिल्लामा समेत जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा समिति गठन भइसकेकाले जथाभावी शुल्कवृद्धि गर्ने विद्यालय कारबाहीमा आउने दावी गरे ।

उनले कक्षा ९ र १० को बाहेक सबै कक्षाको पाठ्यपुस्तक जिल्लामा पुगिसकेको पनि जानकारी दिए । उनले भने, “ती कक्षाको पुस्तकसमेत उपलब्ध गराउन जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई मन्त्रालयले निर्देशा दिईसकेकोले छिट्टै पुस्तक अभाव हट्नेछ ।”

कार्यक्रममा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले सामुदायिक विद्यालयका शिक्षकको तलब बढेकाले नीजि विद्यालयले पनि तलब बढाउँदा शुल्कवृद्धि गर्नुपर्ने तर्क गरे । उनले भने, “हामीले वृद्धि गरेको शुल्क नियम विपरित भए छानबीन गरे हुन्छ ।”

एनप्याब्सनकी अध्यक्ष गीता राणाले नियमसंगत रुपमा शुल्कवृद्धि गरेकाले निर्णय फिर्ता लिन नसकिने जिकिर गरे । “शुल्कवृद्धि नियम विपरित भए छानबीन गरे हुन्छ, तर शुल्कवृद्धिको स्थायी समाधानका लागि उच्चस्तरीय आयोग नै बनाउनुपर्छ,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>