थप समाचारमंगलबार, बैशाख ३०, २०७१
विदेश भ्रमणमा नजाने भट्टराईको घोषणा
एमाओवादी भट्टराईले संविधान निर्माण प्रक्रिया पूरा नहुँदासम्म आफू विदेश भ्रमणमा नजाने बताएका हुन् । चीन भ्रमणबाट ३० बैशाखमा स्वदेश फर्कने क्रममा भट्टराईले संविधान निर्माणका लागि सहज वातावरण तयार पार्न उक्त घोषणा गरेको उनको निजी सचिवालयले जनाएको छ ।
उनी संविधानसभाअन्तर्गतको संवैधानिक तथा राजनीतिक सम्वाद समितिका सभापति छन् । उनले संविधान निर्माण प्रक्रियालाई गति दिने बताएका छन् ।
संविधानसभा अध्यक्ष सुवास नेम्बाङले संविधानसभामा क्रियाशील हुनुपर्ने सभासद विदेश भ्रमणमा व्यस्त रहेको भन्दै संविधानसभा बैठकमै ‘रुलिङ’ गरेपछि भट्टराईले विदेश नजाने अभिव्यक्ति सार्वजनिक गरेक हुन् ।
