थप समाचारबुधबार, बैशाख ३१, २०७१

यस्तो छ चित्लाङको ‘ओखर बगैंचा’

हिमालखबर

सुरजकुमार भुजेल, मकवानपुर

चित्लाङको बाख्रा विकास फार्मको एक हेक्टर क्षेत्रफलमा ओखर बगैंचा निर्माण शुरु गरिएको हो । ओखर बगैंचा निर्माण गर्नलाई त्यहाँ ३१ परिवारबाट बीउ जम्मा गरी ओखर रोपिएको फार्मका प्रबन्धक हरिप्रसाद खनालले जानकारी दिए ।

तस्वीरहरुः सुरजकुमार भुजेल

बगैंचामा गोगनपानी, कटुञ्जे, छत्रेदेउराली, बवाङ, लिघा, रजवारी, बढीखेल, गोदावरी, गोपालेश्वर, खोपाचागु, चिलंखा, चौघरे, चरिको, भ्याकु, धारापानी, लिवाङ, चौबास, स्याउलीवाङ, गोटीखेल, चुनदेवी, लेले, गोरपाङ, खुङ, पूजा, डायु, झरदेव, बीगु, छैमले, टल्कुडुडेचौर, महादेवस्थान, लिसंखु नामका ओखरका विरुवा रोपिएको छ ।

बगैंचामा नेपालमा पाइने सबै प्रजातिका ओखर रोपिने जानकारी दिँदै खनालले भने, “अब चित्लाङ ओखरका लागि अध्ययन केन्द्र बन्नेछ ।” उनले चिसो हावापानी र राजधानीबाट नजिक रहेकाले चित्लाङ ओखरसम्बन्धी अध्ययन र तालिमका लागि राम्रो गन्तव्य हुने बताए ।

बगैंचामा ओखरसँगै बाख्राका लागि उपयुक्त डालेघाँस समेत रोपिने योजना छ । सरकारीस्तरबाट २००१ मा भेडा फार्मको रुपमा विकास गरिएको त्यस ठाउँमा पछिल्लो समय बाख्रापालन गरिदैंँ आए पनि व्यवस्थापकीय कमजोरीका कारण अस्तव्यस्त भएको छ ।

पशु सेवा विभागको अधिकृतस्तरको एक टोलीले फार्मको निरीक्षण गरेपछि खाली जग्गामा ओखर बगैंचा विकास गर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>