समाचारबुधबार, बैशाख ३१, २०७१

केन्द्रीय समितिमा नफर्कने भट्टराईको अडान

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराईलाई केन्द्रीय समिति बैठकमा आउन आग्रह गरेका छन् । दाहाल निवास लाजिम्पाटमा ३१ बैशाखमा भएको भेटवार्तामा दाहालले भट्टराईलाई केन्द्रीय समिति बैठकमा आउन आग्रह गरेका हुन् ।

दाहालका सहयोगी शिव खकुरेलका अनुसार आपसी असहमतिबारे छलफल गरेर टुंगोमा पुग्न दाहालले आग्रह गरेका थिए । उनले २ जेठदेखि हुने केन्द्रीय समिति बैठकमा आउन भनेको खकुरेले बताए ।

जवाफमा भट्टराईले भने केन्द्रीय समितिमा नआउने अडान दोहोर्‍याएका थिए । एमाओवादीको नव निर्वाचित केन्द्रीय समिति बैठक २ जेठदेखि शुरु हुँदैछ ।

विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा पद बाँडफाँडमा कुरा नमिलेपछि नेता भट्टराईसहित उनी पक्षधर नेताहरु सम्मेलनबाट बाहिरिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>