समाचारबिहीबार, जेठ १, २०७१
बजेट अधिवेशन १६ जेठमा
प्रधानमन्त्री कोइरालाले १ जेठ साँझ राष्ट्रपति यादवलाई भेटेर बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेका हुन् । राष्ट्रपति यादवलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका कोइरालाले बजेट अधिवेशनको मिति सिफारिश गरेको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
अन्तरिम संविधान २०६३ मा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले व्यवस्थापिका–संसद्को अधिवेशन बोलाउने व्यवस्था छ ।
राष्ट्रपति यादवसँग कोइरालाले देशको पछिल्लो अवस्थाको बारेमा समेत छलफल गरेको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।
रासस
