समाचारशुक्रबार, जेठ २, २०७१

भारतीय जनता पार्टीलाई बहुमत

हिमालखबर

इन्टरनेट तस्वीर

भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टीले स्पष्ट बहुमत ल्याउने देखिएको छ । २ जेठमा जारी मतगणनामा भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) ले भारी मत ल्याएको छ ।

भारतीय कांग्रेसले भने लज्जास्पद हार व्यहोरेको छ । भारतीय जनता पार्टीले ल्याएको परिणाम भारतीय लोकसभा चुनावमा सन् १९८४ पछिकै सबैभन्दा धेरै हो ।

जारी मत परिणाम अनुसार एनडीएले २९५ सिटमा विजय हासिल गरेको छ । बीजेपीले मात्र २५८ सिटमा जितेको छ ।

भारतीय कांग्रेसको गठबन्धन युनाइटेड प्रोगेसिभ एलाइन्स (यूपीए) ५१ सिटमा खुम्चिएको छ । भारतीय कांग्रेसले ४१ सिटमा जितेको छ ।

आम आदमी पार्टीले भने ४ सिटमा जित हात पारेको छ । अन्य पार्टीले १३१ सिटमा जीत सुनिश्चित गरेका छन् ।

लोकसभामा २७२ सिट ल्याउने दलले सरकार बनाउँछन् । बीजेपीले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर निर्वाचनमा भाग लिएको थियो ।

भारतमा ५४३ सिटका लागि २३ चैतदेखि २८ बैशाखसम्म नौ चरणमा चुनाव भएको थियो । चुनावमा ८१ करोड ४० लाख मतदातामध्ये ५१ करोडभन्दा बढी भारतीय मतदाताले मताधिकार प्रयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>