समाचारशुक्रबार, जेठ २, २०७१

को–को भए योजना आयोगमा सदस्य

हिमालखबर

सरकारले राष्ट्रिय योजना आयोगको सात रिक्त सदस्यमा नियुक्त गरेको छ । सिंहदरबारमा २ जेठमा बसेको मन्त्रिपरिषद बैठकले सदस्य नियुक्तिको निर्णय गरेको हो ।

आयोगको सदस्यमा डा. भारतेन्द्र मिश्र, डा. बिमला राई, डा. चन्द्रमणि अधिकारी, डा. गोविन्द नेपाल, डा. यज्ञबहादुर कार्की, डा. प्रेमप्रसाद दंगाल र डा. स्वर्णीम वाग्ले नियुक्त भएका हुन् ।

सदस्य नियुक्तिसँगै योजना आयोगले पूर्णता पाएको छ । आयोगको उपाध्यक्षमा भने यसअघि नै सरकारले डा. गोविन्द पोखरेललाई नियुक्त गरिसकेको छ ।

सरकारले हाउजिङ कम्पनीमा देखिएका समस्याबारे अध्ययन गर्न आवास जाँचबुझ आयोग पनि गठन गरेको छ । कुमार लोहनीको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>