समाचारशनिबार, जेठ ३, २०७१
जनकपुरमा मनी चेन्जरबाट १० लाख लुटियो
जनकपुरमा ३ जेठ दिउँसो लुटेराहरुको समूहले रेजा मनी चेन्जरका संचालकलाई छुरी प्रहार गरेर रकम लुटेका हुन् । लुटेरा समूहको छुरी प्रहारबाट संचालक हमिद रेजा घाइते छन् ।
गम्भीर घाइते उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लुटेरा समूहको पहिचान नभएको र खोजि कार्य शुरु गरेको जनाएको छ ।
