समाचारमंगलबार, जेठ ६, २०७१

दाईसँगको झगडामा भाईले भाउजु, भतिजा–भतिजीलाई आगो लगाए

हिमालखबर

तुफान न्यौपाने, नेपालगञ्ज

बाँके, जैसपुर—१ का सद्दाम नाउले भाउजु र भतिजा–भतिजीलाई आगो लगाएर जलाउने प्रयास गरेका हुन् । दाईसँगको घरायसी विवादका कारण सद्दामले ६ जेठ बिहान भाउजु चन्दा सल्मानी (२२), उनकी ५ वर्षकी छोरी मारिया, ३ वर्षका छोरा रियाजुल र १० महीनाका छोरा रिहानलाई घरमै सुतिरहेको बेला जलाउने प्रयास गरेका हुन् ।

चन्दा र उनका तीन सन्तान घाइते छन् । उनीहरूको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । जलाउन प्रयास गर्ने सद्दामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोल्पामा दाईसँगै व्यवसाय गर्दै आएका सद्दाम विवाद भएपछि दुई दिन पहिले बाँके झरेका थिए । उनले डोल्पामा दाईसँग भएको विवादको रिसले उनको परिवारलाई जलाउने प्रयास गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>