थप समाचारबुधबार, जेठ ७, २०७१

केजरीवाललाई जेल लगियो

हिमालखबर

तस्वीर साभारः दैनिकभाष्कर

आम आदमी पार्टीका संयोजक केजरीवाल भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन गडकरीसँग जोडिएको मानहानी मुद्दामा जेल परेका हुन् । उनलाई भारतीय अदालतले ७ जेठमा न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।

उनलाई ९ जेठसम्म हिरासतमा पठाउन अदालतले आदेश दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय संचारमाध्यमका अनुसार उनलाई तिहाइ जेलमा राखिएको छ ।

केजरीवालले जमानत रकम राख्न अस्वीकार गरेपछि अदालतले उनलाई हिरासतमा राख्न भएको हो ।

केजरीवालले भ्रष्टाचारको आरोप लगाएपछि भाजपा नेता गडकरीले उनीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए । आम आदमी पार्टीका संयोजक केजरीवाल दिल्लीका पूर्व मुख्यमन्त्री पनि हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>