थप समाचारबुधबार, जेठ ७, २०७१

गुलमोहरको अन्तिम वर्ष (सात तस्वीर)

हिमालखबर

शब्द/तस्वीर: दीपक ज्ञवाली

बुटवलबाट भैरहवासम्मको सिद्धार्थ राजमार्गलाई मनमोहक बनाएका गुलमोहर फूलले अब आनन्द दिने छैनन्। सडक ६ लेनको बन्दै गरेकाले बाटोछेउका अरु रुख जसरी नै यी फूल पनि असारसम्ममा काटिंदैछन्। जोगिकुटी बुटवल खण्डमा त अघिल्लो वर्ष नै वर, पीपल र समीका रुखसँगै यी फूल काटिइसकेका छन्। असारमा यहाँका झन्डै तीन हजार रुख काटिंदैछन्।

गर्मी र बढी पानी पर्ने तराईमा फुल्ने यो विदेशी फूलले धेरै वर्ष यहाँका बासिन्दा र यात्रुलाई सौन्दर्यपान गराएको थियो। गर्मी र उराठलाग्दो मौसममा यसले राजमार्ग किनारलाई राताम्मै बनाउँथ्यो।

वनस्पतिशास्त्रका विज्ञ डा. मोहन पन्थी कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो भएको बताउँछन्। भारत, बंगलादेशका राजमार्गमा पनि यो फूल रोपिएको छ।

वैज्ञानिक नाम डेलोनिक्स रेगिया रहेको र काँडा नहुने यो फूलको वास्ना भने हुँदैन। १२ वर्ष आयु रहेको यो फूल गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुने भए पनि यहाँ गाडा रातो रंगका मात्र छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>