समाचारबुधबार, जेठ ७, २०७१

देशभर तापक्रम बढ्यो

हिमालखबर

काठमाडौँ उपत्यकालगायत दिपायल, नेपालगन्ज, धनगढी, भैरहवा, विराटनगर क्षेत्रमा तापक्रम बढ्ने क्रममा रहेको मौसमविद् राजाराम ढकालले जानकारी दिए । उनका अनुसार काठमाडौँको ७ जेठको तापक्रम ३१ डिग्री सेल्सियस रेकर्ड भयो ।

६ जेठमा दिपायलमा ४२ दशमलव ७ डिग्री सेल्सियस, नेपालगन्जमा ४२ दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ४१ डिग्री सेल्सियस, भैरहवामा ४० दशमलव १ डिग्री सेल्सियस र विराटनगरमा ३९ डिग्री सेल्सियससम्म पुगेको थियो ।

चालीस डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेका क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना भएकाले त्यसबाट बच्नका लागि घामबाट जोगिनुपर्ने, हिँडडुल गर्दा छाताको प्रयोग गर्नुपर्ने, हल्का लुगा लगाउनुपर्ने र प्रशस्त पानी पिउनुपर्ने उनको सुझाव छ ।

यस वर्षको मनसुनी वर्षा यही जेठको अन्तिम सातादेखि शुरु हुने पूर्वानुमान महाशाखाको जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>