समाचारबिहीबार, जेठ ८, २०७१

कञ्चनजंघामा तीन आरोहीको मृत्यु

हिमालखबर

लक्ष्मी गौतम, पाँचथर

ताप्लेजुङस्थित कञ्चनजंघा हिमाल आरोहणको क्रममा तीन आरोहीको मृत्यु भएको हो । बाक्लो हिमपातका कारण चिप्लिएर उनीहरुको मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत कलकत्ताकी ३५ वर्षीया चन्द्रा गायन, संखुवासभा ताङखु–५ का २४ वर्षीय तेम्बा शेर्पा र २८ वर्षीय दावा वाङजु शेर्पा छन् । संखुवासभाका ङतासी शेर्पा र फुर्तेम्बा शेर्पा सकुशल रहेको प्रहरी नायव उपरीक्षकक मेघराज कँडेलले जानकारी दिए ।

अर्का एक भारतीय र एक नेपाली नागरिक सकुशल रहेको खबर आए पनि थप पुष्टि भएको छैन ।

चौंथो क्याम्पबाट पाँचौं क्याम्पतर्फ जाने क्रममा करिब ७ हजार ३०० मिटरको उचाईमा ७ जेठ साँझ मौसम प्रतिकुल हुँदा फर्कने क्रममा उनीहरु चिप्लिएको बुझिएको छ ।

उनीहरुको शव निकाल्नलाई हेलिकोप्टर बोलाइए पनि ८ जेठमा संभव नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>