समाचारबिहीबार, जेठ ८, २०७१

थाईल्याण्ड सेनाद्वारा सत्ता कब्जा

हिमालखबर

थाईल्याण्ड सेना प्रमुखले ८ जेठमा संबोधन गर्दै सरकार नियन्त्रणमा लिएको घोषणा गरेका छन् । टेलिभिजनबाट घोषणा गर्दै सेना प्रमुखले कानून व्यवस्था सेनाले हातमा लिएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

सेनाले राति १० बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यूको घोषणा पनि गरेको छ । सेना प्रमुखले आफ्नो घोषणामा सेनाले राजनीतिक सुधारको काम पूरा गर्ने दावी पनि गरेका छन् ।

दुई दिनसम्म प्रमुख राजनीतिक दलसँगको चलेको छलफल निष्कर्षहीन भएपछि सेनाले कू को घोषणा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सेनाले ६ जेठमा ‘मार्शल ल’ लगाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>