थप समाचारबिहीबार, जेठ ८, २०७१

२१ किलो चरेससहित महिला पक्राउ

हिमालखबर

तस्वीर सौजन्यः विनोद शाही

बाँके, कोहलपुर–८ की एक महिलालाई प्रहरीले ७ जेठ राति पक्राउ गरेको हो । सुराकीका आधारमा कोहलपुर–८ की ३५ वर्षीया पार्वती शर्मालाई छिन्चु—७ चमेरेचौरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसअघि ४५ किलो चरेस भारत निर्यात गरेको सूचना पाएको प्रहरीले उनलाई केही समयदेखि निगरानीमा राखेको थियो । ७ जेठमा बरामद गरेको चरेस केही दिन अघि उनले सल्यानको सल्लीबजारबाट छिन्चु पुर्‍याएकी थिइन् ।

छिन्छुबाट कोहलपुरतिर लैजान लाग्दा नक्कली खरिदकर्ता बनेर गएको प्रहरीले उनलाई पक्रेको सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए ।

उनलाई लागूऔषध नियन्त्रण ऐन अनुसार कारबाही गरिने प्रहरीको भनाइ छ । ऐनमा १० किलोभन्दा माथिको लागूऔषधसहित पक्राउ परेमा दुईदेखि १० वर्षसम्म कैद र रु.१५ हजारदेखि रु.१ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

तुफान न्यौपाने, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>