थप समाचारशुक्रबार, जेठ ९, २०७१
गुल्मीमा तीन घरगोठमा आगलागी
गुल्मीको ग्वादी गाविस वडा नं. ६ र ७ मा रहेको तीन घरमा आगलागी भएको हो । ८ जेठमा भएको आगलागीमा ग्वादी ६ का हिमलाल विकको खरले छाएको घरगोठ जलेर नष्ट भएको छ ।
यस्तै, सोही ठाउँका मनबहादुर विकको घर र ग्वादी–७ का ईश्वरी भण्डारीको टिनले छाएको घर जलेर नष्ट भएको प्रहरीले जनाउको छ ।
आगलागीमा रु.६ लाख बराबरको धनमाल जलेको छ । तर, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
गगनशिला खड्का, गुल्मी
