थप समाचारशुक्रबार, जेठ ९, २०७१

बाराको एक उद्योगमा आगलागी

हिमालखबर

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत बाराको छातापिपरास्थित विनायक एग्रो कत्था मिल प्रालीमा आगलागी भएको हो । ९ जेठ बिहान भएको आगलागीमा करोडौ मूल्य बराबरको क्षति भएको छ ।

उद्योगमा लागेको आगो निभाउँदै सुरक्षाकर्मी । तस्वीरः श्याम गुप्ता

आगो नियन्त्रण लिने क्रममा जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको प्रहरी टोलीका एक जवान घाइते भएका छन् । आगो निभाउन चौध फिटको उचाइमा चढेका प्रहरी रमेश घलान अचानक पर्खाल भत्किदाँ घाइते भएका हुन् । उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ ।

विद्युत् सर्किट सर्ट भइ आगो लागेको प्रहरीले जनाएको छ । उद्योगमा भण्डारण गरेर राखिएको तयारी अवस्थाको कत्था, कच्चा पदार्थ, विभिन्न प्लान्टसहित उद्योगको भवन जलेर नष्ट भएको छ ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>