समाचारशनिबार, जेठ १०, २०७१

एआईजी बढुवा चाँडैः गृहमन्त्री

हिमालखबर

गृहमन्त्री गौतमले नेपाल प्रहरीको नियमावलीले पूर्णता पाएकाले अब चाँडै नै एआईजी बढुवा हुने हुने बताएका हुन् । विराटनगर विमानस्थलमा १० जेठमा पत्रकारसँग कुरा गर्दै उनले नियमावलीलाई लोकसेवा आयोगले सहमति दिएकाले सरकारले अब बढुवा प्रक्रिया चाँडै नै शुरु गर्ने बताए ।

अहिले सात एआईजी पद रिक्त छ । अर्को प्रशंगमा उनले सरकारका बिरोध गर्नुको कुनै तुक नभएको टिप्पणी गरे । “वर्तमान सरकारले अवरुद्ध संविधानसभा सुचारु गरेको, राष्ट्रिय योजना आयोग गठन गरेको र संविधान निर्माणका लागि विविध उपलब्धिमूलक काम गरेकाले सरकारको आलोचना गर्नुको अर्थ छैन,” उनले बताए ।

उनले सरकारको प्रमुख उद्देश्य एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु भएकाले यसका लागि सरकार दलको सहमति एवम् सहकार्यमा अगाडि बढिरहेको दावी गरे । उनले स्थानीय निकायको निर्वाचनका लागि सरकार पूर्ण तयारीमा रहेको बताए । “सबै दलको सहमतिमा स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ,” उनले स्पष्ट पारे ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>