थप समाचारशनिबार, जेठ १०, २०७१

उदयपुरमा चट्याङले दुईको मृत्यु

हिमालखबर

उदयपुरको साउने र भलायडाँडामा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । १० जेठ बिहान अचानक चट्याङ पर्दा साउने गाविस–९ टोर्खे बस्ने ३६ वर्षीय डम्बरबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घरमा काम गरिरहेका बेला परेको चट्याङले लागेर मगरको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा मगरका बुबा चित्रबहादुर मगर र छोरी सीता मगर घाइते भएका प्रहरीले बताएको छ ।

यस्तै, १० जेठमै उदयपरको भलायडाँडा गाविस–३ बस्ने होइतुङ्छा साइँला राईको पनि चट्याङका कारण मृत्यु भएको छ । घर नजिकै बाटोमा हिँडिरहेका राईलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको छोरा मेघजीत राईलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>