थप समाचारशनिबार, जेठ १०, २०७१
नवलपरासीमा ठूलो परिमाणमा चरेश बरामद
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख बिष्णुहरि गौतमका अनुसार १६५. ५ केजी चरेश र ३० केजी गाँजा बरामद गएको हो । ९ जेठ राति बर्दघाटमा रोकिराखेको डब्लुबी ७१ ए ८८३९ नम्बरको ट्रकमा चेक जाँचको क्रममा उक्त परिमाणमा लागू औषध पक्राउ परेको हो ।
प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख गौतमले बताए । भारतीय सिमाबाट बर्दघाटमा लागूऔषध ल्याउने र पोखरा बुटवल नारायणगढ पुर्याउने गरेको सुराकी पाएपछि प्रहरीले निगरानी गरेको थियो ।
विद्रोही गिरी, नवलपरासी
