समाचारआइतबार, जेठ ११, २०७१

न्यायाधीशहरुको सुनुवाइ जारी

हिमालखबर

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका लागि सिफारिश भएकाहरुको आज पनि सुनुवाइ गरिरहेको छ । ११ जेठमा समितिले न्यायाधीश ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र समशेर राणा र जगगिदश शर्मा पौडेलको सुनुवाइ गरिरहेको छ ।

न्यायाधीश मिश्रको सुनुवाइ सकिएपछि श्रेष्ठको सुनुवाइ अहिले चलिरहेको छ । राणा र पौडेलको पनि आजै सुनुवाइ हुने समितिले जनाएको छ ।

मिश्रलाई सभासदले अकुत सम्पत्ति कमाएको लगायतका विषयमा प्रश्न गरेका छन् । उनले जवाफमा आफूलाई योग्य भएमामा मात्र सिफारिश गर्न भनेका छन् ।

श्रेष्ठलाई भने अधिकांश सभासदले लागूऔषध कारोबारीलाई सफाइ दिएको बारे सोधेका छन् ।

समितिले यसअघि चार न्यायाधीशको सुनवाइ सकेको छ । १० जेठमा दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायसँग सुनुवाइ गरेको समितिले ९ जेठमा वैद्यनाथ उपाध्याय र गोपाल पराजुलीलाई बोलाएको थियो ।

समितिले न्याय परिषदद्वारा सिफारिश न्यायाधीशहरु वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर राणा र जगदिश शर्मा पौडेलको सुनुवाइ गरिरहेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>