समाचारआइतबार, जेठ ११, २०७१

प्रस्तावित दुई न्यायाधीशले भने, ‘योग्य नभए सिफारिस नगर्नुहोस’

हिमालखबर

आइतबार सिंहदरवारमा भएको सुनुवाइमा न्यायाधीश श्रेष्ठलाई सहभागी सभासद्हरुले चरेस तस्करसँग करोडौं घुस लिएको आरोप लगाएका छन्।

जवाफमा श्रेष्ठले चरेस तस्करीको आरोपमा पक्राउ परेका ब्यक्ति तस्करीमा सहभागी भएको प्रमाण नपुगेकाले छाडिएको बताए। उनले पत्रिकामा त्यस्तो समाचार आउँदा आफूलाई दुख लागेको समेत बताए ।

श्रेष्ठले पत्रिकामा प्रकाशित समाचारका आधारमा न्यायाधीशको अनुमोदन हुने भए आफूलाई अनुमोदन नगर्न समेत समितिका सदस्यहरुलाई सुझाव दिए ।

त्यस्तै अर्का प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रले ३६ वर्षको सेवामा आफूले १५ विगाह जग्गा विक्री गरेको तर कुनै सम्पत्ति आर्जन नगरेको बताए ।

उनले भने, “म सर्वोच्च अदालतको न्यायाधीशका लागि योग्य छु भने सिफारिस गर्नुहोस नभए नगर्नुहोस ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>