समाचारआइतबार, जेठ ११, २०७१
चितवन– ४ मा १२ जनाको उमेद्वारी

उम्मेदवारी दर्ता गराउन जाँदै नेपाली कांग्रेका रामकृष्ण घिमिरे र नेकपा एमालेका दिल कुमारी रावल (पार्वती)
दुई स्थानबाट निर्वाचन जितेका प्रधानमन्त्री सुशील कोइरालाले छोडेपछि रिक्त भएको चितवन निर्वाचन क्षेत्र नं. ४ मा ८ असरामा हुने उपनिर्वाचनमा ११ वटा राजनीतिक दल र एक जना स्वतन्त्रसमेत गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेका रामकृष्ण घिमिरे, नेकपा एमालेका दिल कुमारी रावल (पार्वती), एमाओवादीका खुशीराम पाख्रिन, राष्ट्रिय प्रजातन्त्र पार्टिका रामबिक्रम ठकुरी, राप्रपा नेपालका बेदबहादुर वस्ती, नेकपा मालेका सृजना रुवाली, राष्ट्रिय जनमुक्ति पार्टीका जगदेबी गुरुङ, नेपाल मजदुर किसान पार्टीका पदमबहादुर थापा, नेपाल आमा पार्टीका कृष्णप्रसाद दुवाडी, जनप्रजातान्त्रिक पार्टिका किरणकुमार अधिकारी, नेपाल परिवार दलका केशव आचार्य र स्वतन्त्र उम्मेदवार जोखु महतो थारुले उमेद्वारी दर्ता गराएका हुन् ।
एमालेबाट उमेद्वारी दर्ता गराउने रावल एमाले जिल्ला उपसचिव हुन् भने नेपाली कांग्रेसका उमेद्वार रामकृष्ण घिमिरे पार्टीका पूर्व जिल्ला सभापति हुन् । माओवादी उमेद्वार पाख्रिन पूर्व सभासद् हुन् ।
असारमा काठमाडौँ–२, कैलाली–६, बर्दिया–१ र चितवन–४ मा संविधानसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।
यि क्षेत्रबाट क्रमश माधवकुमार नेपाल, शेरबहादुर देउवा, वामदेव गौतम र सुशील कोइरालाले निर्वाचत जितेका थिए ।
्चितवन क्षेत्र नम्बर ४ मा ६५ हजार २ सय ९९ जना मतदाता रहेको जसमध्ये ३४ हजार पाँच सय २८ महिला र ३० हजार सात सय ७१ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।
३१ मतदान स्थलमा ८१ मतदान केन्द्र रहने छ ।
सविता श्रेष्ठ, चितवन
