थप समाचारसोमबार, जेठ १२, २०७१

निर्माण सम्पन्न हुनै लागेको पुल ढल्यो

हिमालखबर

चार खम्बासहितको ८० मि लामो गाडी गुड्न मिल्ने सो पुलको ट्रस हाल्ने क्रममा ट्रसको पूरै भाग हावाले भत्काएको हो ।

सो पुलको ठेक्का पाएको अनक कन्स्ट्रक्सन प्रालिका निर्देशक अमृत श्रेष्ठका अनुसार नट बोल्ट कस्न बाँकी रहेको अवस्थामा एक्कासि आएको ठूलो हावाले ट्रस पल्टाएको हो । झन्डै २५० टन स्टिलबाट बनेको ट्रस निर्माण र जडानका लागि मात्र रु पाँच करोडभन्दा बढी खर्च भएको उनले बताए ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर हरि पोखरेलले सधैँजसो उत्तरबाट दक्षिणतर्फ हावा बहने सो क्षेत्रमा आइतबार साँझ दक्षिणबाट उत्तरतर्फ वेगले हावा चलेकाले ट्रस झारेको बताए । १४ महिनाअघि शुरु भएको पुलको निर्माण आउ“दो मंसीरमा सक्ने लक्ष्य छ ।

७० प्रतिशत काम सकिएको अवस्थामा सबै भताभुङ्ग भएको निर्माण कम्पनीले जनाएको छ । ट्रस राख्ने काम सकिएपछि केही प्राविधिक विÈय टुङ्गाएर पुलमाथि कङ्क्रिटको स्ल्याब राख्ने गरिन्छ । घटनाबारे सूक्ष्म ढङ्गबाट अध्ययन भइरहेको प्रमुख पोखरेलले बताए ।

दासढुङ्गामा बनेको सो पुलले तनहुँको देवघाट गाविसलाई जोड्ने गर्छ । देवघाट क्ष्ोत्रलाई मोटर बाटोसँग जोड्ने पुल अहिलेसम्म बनेको छैन । पुल बनाउन धेरै समयअघि निर्णय भए पनि कहाँ राख्ने भन्ने विवाद चलेकाले निर्माण शुरु हुन ढिला भएको थियो ।

इन्सुरेन्स कम्पनीका प्रतिनिधिले अध्ययन गरेपछि के कसरी काम अगाडि बढाउने भन्ने विषयमा छलफल गरिने कन्स्ट्रक्सन कम्पनीका निर्देशक श्रेष्ठले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>