थप समाचारसोमबार, जेठ १२, २०७१

थाई राजाद्वारा सैनिक प्रमुखलाई सरकारको नेतृत्व

हिमालखबर

थाईल्याण्डका राजाले सैनिक प्रमुख जनरल प्रयुत चान ओचालाई सरकारको पनि प्रमुखका रुपमा नियुक्त गरी देश सञ्चालनको कार्यभार सुम्पेका छन् ।

देशमा शान्ति तथा अमनचयनका साथै राष्ट्रिय एकता कायम गर्नका लागि पनि सैनिक प्रमुखलाई सरकार प्रमुखका रुपमा नियुक्त गरिएको थाई राजाको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सैनिक प्रमुख प्रयुतले राजधानी बैंककमा हाल कायम रहेको हिंसा देशव्यापी रुपमा फेलिने खतरा रहेको भन्दै सरकारको नेतृत्वका लागि दरबारलाई पनि दबाब दिएको बताइएको थियो ।

सरकार प्रमुखमा नियुक्त भएपछि उनले पत्रकारहरुसँग भने “मलाई विश्वास छ कि राजाले दिएको आदेश बमोजिम मैले काम गर्नेछु र देशमा अमनचयन कायम गर्न सक्दो प्रयत्न गर्नेछु ।”

विरोध गरे कडा कारबाही

सरकार प्रमुखको जिम्मेवारी प्राप्त गरेका थाई सैनिक प्रमुख प्रयुत चान ओचाले सैनिक सरकारको विरोधमा उत्रिनेलाई कडा कारबाही गर्ने चेतावानी दिएका छन् ।

उनले भनेका छन्, “सेनाको प्रयास देशमा शान्ति सुरक्षा कायम गर्ने हो तर यसको विरोध गरेर परिस्थितिलाई भाँड्ने प्रयत्न गरिन्छ भने त्यसलाई छोडिने छैन ।”

सत्ता हत्याएपछि सोमबार पहिलो पटक आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो चेतावानी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, “परिस्थिति चाँडै नियन्त्रणमा आउने छ र त्यसपछि देशमा पुनः प्रजताान्त्रिक प्रक्रियाको थालनी हुनेछ ।”

थाइल्यान्डमा निकै लामो समयको विभिन्न दलहरुको विरोध प्रदर्शन तथा राजनीतिक अस्थिरतापछि गतहप्ता सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>