समाचारसोमबार, जेठ १२, २०७१
नरेंद्र मोदीले प्रधानमन्त्री पदको शपथ लिए
भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले १२ जेठ साँझ राष्ट्रपति प्रणव मुखर्जीबाट पद तथा गोपनीयतको शपथग्रहण गरेका छन् । उनी भारतका १५ औं प्रधानमन्त्री हुन् ।
मोदीको शपथ ग्रहण लगत्तै भाजपा अध्यक्ष राजनाथ सिंह, नेता सुषमा स्वराज, अरुण जेटली, वैंकेया नायडू, नितिन जयराम गडकरी, डीबी सदानंद गौड़ा, उमा भारती, डॉक्टर नज़मा हेपतुल्लाहले मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।
इसैबीच भाजपाको दिल्ली स्थित मुख्यालयमा पार्टी कार्यकर्ताले आतिशबाज़ी गरेका छन् ।
शपथग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री सुशील कोइराला, पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, श्रीलंकाका राष्ट्रपति महिंदा राजपक्षे, अफगानिस्तानका राष्ट्रपति हामिद करजई, मरिशसका प्रधानमन्त्री नविन रामगुलाम, मालदिभ्सका राष्ट्रपति यामिन अब्दुल गयुम, भूटानका प्रधानमन्त्री ल्यो नशेन शेरिंग र बंगलादेशका सभामुख तोबगे शीरीन चौधरी लगायतका नेताहरु सहभागी थिए ।
