समाचारमंगलबार, जेठ १३, २०७१

राप्रपा नेपालको निर्वाचन शुरु

हिमालखबर

राष्ट्रिय प्रजतान्त्र पार्टी नेपालको जारी महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन १३ जेठ बिहान ८ बजेदेखि १२ बजेसम्म हुँदैछ । पार्टी अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र सहअध्यक्ष पदमसुन्दर लावती प्रतिष्पर्धामा छन् । त्यसैगरी केन्द्रीय सदस्यका लागि २२३ जना प्रतिष्पर्धामा छन् ।

१० जेठदेखि शुरु भएको पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष तथा ५० प्रतिशत सदस्यको प्रत्यक्ष निर्वाचन हुन लागेको हो । चुनावमा दुई हजार २०० मतदाताले मतदान गर्ने सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

महाधिवेशनको जारी बन्दसत्रमा विधान संशोधन गरी केन्द्रीय कार्यसमितिको निर्वाचनको व्यवस्था गरिएको र एक अध्यक्ष तथा ६३ सदस्यका लागि आज चुनाव भएको हो । संशोधन गरिएको विधानमा १२७ सदस्यीय केन्द्रीय कार्यसमिति व्यवस्था गरिएको, त्यसमा ५० प्रतिशत सदस्य नवनिर्वाचित अध्यक्षले क्षेत्र, भुगोल तथा सङ्गठन निर्माणमा योगदान गरेका नेतालाई सन्तुलित ढङ्गले मनोनयन गर्ने व्यवस्था छ ।

पार्टीलाई समावेशी बनाउनका लागि २० जना केन्द्रीय सदस्यलाई दलित, जनजाति, मधेसी, मुसलमान, पिछडिएका वर्ग, सीमान्तकृतको आधारमा आरक्षणको व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>