थप समाचारमंगलबार, जेठ १३, २०७१

लागूऔषधको ट्रान्जिट बन्दै चितवन

हिमालखबर

चितवन लागूऔषध कारोबारको ट्रान्जिट बन्दै गएको पछिल्लो समय त्यहाँ बरामद लागूऔषधको परिमाण र पक्राउ परेका व्यक्तिको विवरणले देखाउँछ। प्रहरीले पनि काठमाडौं र पोखरा लागूऔषध लैजान कारोबारीहरूले चितवनलाई ट्रान्जिट बनाएको बताएको छ।

रूपन्देहीको सुनौली र पर्साको रक्सौल नाकाबाट भित्रिने लागूऔषध चितवन ल्याएर मात्र काठमाडौं र पोखरा लगिन्छ भने चितवनको उत्तरी भेग र मकवानपुरमा उत्पादन हुने गाँजा पनि चितवनको भण्डाराहुँदै भारततर्फ लगिन्छ।

स्रोतः जिप्रका, चितवन

चितवन प्रहरीले दिएको तथ्याङ्क अनुसार, यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै लागूऔषध बरामद भएको छ। पक्राउ पर्ने कारोबारीको संख्या पनि पहिलेभन्दा बढेको देखिन्छ। पक्राउ पर्नेमा अधिकांश १५–३० वर्षका छन्।

गत वर्ष चितवन प्रहरीले लागूऔषध कारोबारमा संलग्न तीन महिला सहित ६६ जनालाई पक्राउ गरेको थियो, जसमा दुई जना नेपाली सेना र एक जना प्रहरी जवान छन्।

लागूऔषध कारोबारमा परिवार नै संलग्न भएको पनि पाइएको छ। भरतपुर–४ की कृष्णा थापा (५३), उनका छोरा बरण्डे भन्ने रमेश (२७) र बुहारी संगीता (२३) लागूऔषध कारोबारमा संलग्न छन्।

लागूऔषध मुद्दामा दुई पटक जेल परेका रमेश गत १४ असारमा तेस्रो पटक लागूऔषध सहित पक्राउ परेका थिए। उनलाई भेट्न ९ चैतमा भरतपुर कारागार पुगेकी संगीताको साथबाट प्रहरीले ‘डाइजेपाम’ नामको लागूऔषध बरामद गरेको थियो।

त्यसपछि प्रहरीले उनको कोठा खानतलासी गरेर डाइजेपामसहित लागूऔषधहरू बरामद गर्योह। प्रहरीले लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा आमा कृष्णा र संगीतालाई पक्राउ गरी हिरासतमा राखेको छ।

प्रहरीले बरामद गरेको लागूऔषध।

पछिल्लो ९ महीनामा चितवन प्रहरीले लागूऔषधका ३९ वटा मुद्दा चलाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सञ्जय राउतका अनुसार शरीरमा टेपले बाँधेर, बसको सीटमुनि राखेर, सूटकेशमा राखेर, कोक र जुसको बोतलमा राखेर, बस, ट्रक, ट्याङ्कर र मोटरसाइकल प्रयोग गरेर लागूऔषध चितवन भित्र्याउने गरिएको छ।

पहिलेदेखि नै कारोबार हुने गरे पनि चेकजाँच बलियो बनाएकाले ठूलो परिमाणमा लागूऔषध बरामद भएको र कारोबारी पक्राउ परेको राउत बताउँछन्।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>