थप समाचारमंगलबार, जेठ १३, २०७१

बस दुर्घटनामा २२ जना घाइते

हिमालखबर

तस्वीर: विद्रोही गिरी

नवलपरासीको वर्दघाटमा बस दुर्घटना परी घाइते भएकामध्ये २२ जनामध्ये आठ जनाको अवस्था गम्भीर रहेको इर््लाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

धनगढीबाट बाट काठमाडौका लागि छुटेको ना ३ ख २०१२ नम्वरको बस तीब्रगतिका कारण अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक बेनीमाधव पौडेलले जानकारी दिए ।
घाईतेमध्ये कैलाली टीकापुर– ९ का ३५ बर्षीय सरस्वती शर्मा, २७ बर्षीय नरेश चौधरी, २१ बर्षीय मनोज स्वाँर, २३ बर्षीय बविता स्वाँर, ५७ बर्षीय सूर्यनाथ खनाल, ४० बर्षीय तेजप्रसाद शर्मा र टीकापुर– ४ का २१ बर्षीय रुप बहादुर शाहीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ भने टीकापुर– ९ का ८ बर्षीय बालक पविराम सिंजालीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>