समाचारमंगलबार, जेठ १३, २०७१
एमाओवादी निर्वाचन नौटंकीः भट्टराई
एमाओवादी नेता भट्टराईले १३ जेठमा ट्वीट गरेर एमाओवादीमा भएको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “मनोनित केन्द्रीय समितिले उम्मेदवार नै नभएका मान्छेलाई समेत प्रायोजित ढंगले चुन्ने नौटंकीलाई एकजना कमरेडले भारदारी लोकतन्त्र भनेको सुनियो !”
भट्टराई पक्षीय नेताहरुले एमाओवादीले नेतृत्व चयनका लागि गरेको निर्वाचन बहिष्कार गरेका थिए । एमाओवादी केन्द्रीय सदस्यले सात पदाधिकारी, १६ स्थायी समिति सदस्य र ५० पोलिट्ब्यूरो सदस्य निर्वाचित गरेका छन् ।
