समाचारशनिबार, भाद्र २३, २०६९

जुत्तामा अंकित बुद्धको तस्विर हटाउने कदम चाल्न सरकारसँग माग

हिमालखबर

तस्बीर साभारः तिबेटसन डटकम

घेदुङले २३ भदौमा विज्ञप्ति निकालेर बौद्ध धर्मावलम्बीहरु प्रति अमेरिकी आईकन शु डिजाईन कम्पनीले अपमान गरेकोले तत्कालै कदम चाल्न सरकारसँग माग गरेको छ । अमेरिकी कम्पनीको क्रियाकलापले भगवान बुद्धको मात्रै अपमान नभई विश्वभरीका बुद्ध धर्मावलम्बीहरुको अपमान भएको घेदुङले जनाएको छ ।

यस्तै तामाङ घेदुङले त्यो कदम नेपालीप्रतिको अपमानको रुपमा समेत भएको दावी गरेको छ । घेदुङका केन्द्रीय अध्यक्ष कुमार योन्जन तामाङले निकालेको विज्ञप्तिमा सबै धर्म र आस्थाप्रति सम्मान गर्न आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>