समाचारमंगलबार, जेठ १३, २०७१

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित ६ जना पक्राउ

हिमालखबर

अख्तियारले अनियमितताको अभियोगमा पूर्वाञ्चलका निलम्बित उपकुलपति डा. महेश्वरमान श्रेष्ठसहित ६ जना पदाधिकारीलाई हिरासतमा लिएको हो । अख्तियारले १३ जेठमा उनीहरुलाई हिरासतमा लिएको हो ।

उपकुलपति श्रेष्ठ, निलम्बित रजिष्ट्रार डा. निरोज पाण्डे, निलम्बित परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल र विज्ञान तथा प्रविधि संकायका निलम्बित सह–डिन राजेशकुमार झालाई भ्रष्टाचार अभियोगमा हिरासतमा लिएको अख्तियारका प्रवत्ता श्रीधर सापकोटाले जानकारी दिए ।

उनीहरुले नयाँ सम्बन्धन वापतको उठाउनुपर्ने रकम नउठाई विश्वविद्यालयलाई हानि–नोक्सानी पुर्‍याएर अनियमितता गरेको अख्तियारको दावी छ । उनीहरुले बदनियतपूर्वक शैक्षिक सत्र २०७०/०७१ को आवेदन शुल्क तथा कार्यक्रम थप वापतको रकम र नयाँ सम्बन्धन वापतको रकम नउठाएको अख्तियारले जनाएको छ ।

सापकोटा अनुसार आवेदन शुल्क तथा कार्यक्रम थप वापतको रकम रु.१ करोड, ३२ लाख ७५ हजार र नयाँ सम्बन्धन वापतको रकम रु.४ करोड २८ लाख ७० हजार अहिलेसम्म उठेको छैन । नयाँ सम्बन्धन अनियमिततामा संलग्न कला, शिक्षा र कानून संकायका निलम्बित डिन शम्भुप्रसाद कोइराला भने फरार रहेको अख्तियारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका ६ जनालाई हिरासतमा राखी अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>