समाचारबुधबार, जेठ १४, २०७१

राप्रपा नेपालको अध्यक्षमा पुनः थापा

हिमालखबर

पार्टीको केन्द्रीय कार्यसमितिको १३ जेठ राति सम्पन्न निर्वाचनमा १ हजार ५४६ मत ल्याई कमल थापा राप्रपा नेपालको अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी पदमसुन्दर लावतीले १६८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी धवलशम्शेर राणा, राजु पराजुली, राजाराम श्रेष्ठ, चन्द्रबहादुर गुरुङलगायत नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

१२७ सदस्य केन्द्रीय कार्यसमितिमा अध्यक्ष र ६३ सदस्यको निर्वाचन सकिएको हो । बाँकी ६३ सदस्य नवनिर्वाचित अध्यक्षले मनोनयन गरी पदाधिकारीसमेत चयन गर्ने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>