थप समाचारबुधबार, जेठ १४, २०७१
डढेलो निभाउँदा विद्यार्थीकोे मृत्यु
अर्घातोष गाविस वाड न. २ बस्ने १५ वर्षीय नारायण नेपालीको घर नजिकैको कमेनी डाडामा लागेको आगो निभाउने क्रममा आगोले जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
स्थानीय नरेश निमाबिमा कक्षा ८ मा अध्यनरत नेपालीको १३ जेठ साँझ मृत्यु भएको हो । दिउसोबाट बनमा लागेको आगो प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका छन् ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
