समाचारबुधबार, जेठ १४, २०७१

तोकिएको समयमा संविधान बन्दैनः दाहाल

हिमालखबर

एमाओवादी अध्यक्ष दाहालले तालिका अनुसार संविधान लेखनको काम अघि बढिरहेको भए पनि समयभित्र संविधान बन्नेमा आत्मविश्वास नभएको बताएका हुन् । उच्च माध्यमिक शिक्षक एशोसिएशन नेपालले १४ जेठ बिहान राजधानीमा गरेको कार्यक्रममा उनले अघिल्लो संविधानसभामा जस्तो आत्मविश्वास नभएकाले संविधानसभाले फेरि पनि तोकिएको समयमा काम पूरा गरेर परिवर्तनलाई आत्मसाथ गर्नेमा आशंका रहेको धारणा राखे ।

उनले सरकारको नेतृत्व गर्दा छोटो समयमा सबै पक्षलाई समेटेर परिवर्तनको अनुभूति गराउने महत्वकांक्षा राखेका कारणले आफ्नो सरकार असफल भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले राज्यले माध्यमिक तह र विश्वविद्यालय तहको शिक्षामा पर्याप्त लगानी गरे पनि उच्च माध्यमिक तहको शिक्षालाई बेवास्ता गरेको आरोप लगाए । उनलेसरकारले आर्थिक सहयोग नगरेका कारण देशभरका उच्च माध्यमिक विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>