समाचारबुधबार, जेठ १४, २०७१

महिलालाई ब्ल्याकमेलिङ गर्ने बैंकका प्रबन्धक निलम्बित

हिमालखबर

विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेका राजविराज नपा–५ बस्ने नेपाल बैंक लिमिटेड राजविराजका प्रवन्धक ३१ वर्षीय दीपककुमार दास निलम्बनमा परेको बैंकको मानवस्रोत व्यवस्थापन विभागले जानकारी दिएको छ ।

दासमाथि फौजदारी मुद्दा दर्ता भई अनुसन्धान भइरहेकाले नेपाल बैंक लिमिटेड कर्मचारी सेवा नियमावली बमोजिम निलम्बन गरिएको बैंकले जनाएको छ ।

पीडितका भाइले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौँले विद्युतीय कारोबार ऐनअन्तर्गत अपराध गरेको आरोपमा दासलाई एक साताअघि पक्राउ गरेको थियो ।

दासले प्रयोग गर्ने कम्प्युटरको सिपियुसमेत बरामद गरी महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक किरण गुरुङले जानकारी दिए ।

अविवाहित रहेको भन्दै झुक्याएर प्रेमको नाटक गरी पीडितको गोप्य तस्बिरहरु खिचेका प्रबन्धक दासले ती तस्बिरमार्फत पीडितसँग ब्ल्याकमेलिङ गरेको प्रहरीले जनाएको छ । आरोपित एक छोरीका बुबा हुन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>