समाचारबुधबार, जेठ १४, २०७१
आयल निगमका ९ पदाधिकारी हिरासतमा
बोनस रकम वितरणमा अनियमितता गरेको आरोपमा अख्तियारले आयल निगमका नौ उच्च अधिकारीलाई १४ जेठमा हिरासतमा लिएको हो । हिरासतमा पर्नेमा निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालसहित नौ जना छन् । एक जना भने फरार रहेको अख्तियारले जनाएको छ ।
निमित्त कार्यकारी निर्देशक सत्याल, निर्देशक नागेन्द्र साह, प्रबन्धकहरु कमलप्रसाद शमाृ, बाबुराम राई र नेत्रप्रसाद काफ्ले पक्राउ पर्ने छन् । यस्तै, उपनिर्देशक शरदप्रसाद पौडेल, उपप्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदीपमान बसी र वरिष्ठ सहायक देविप्रसाद न्यौपानेलाई पनि पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
उनका अनुसार उपनिर्देशक सुशील भट्टराई भने फरार रहेको र खोजि कार्य भइरहेको छ ।
निगमको बोनस वितरणमा उनीहरुले अनियमितता गरेको अख्तियारको ठहर छ । ऋण रकम तिर्न बाँकी हुँदाहुँदै उनीहरुले अनियमित रुपमा रु.१ करोड ७२ लाख ५८ हजार ४०५ कर्मचारीलाई बोनस रकम बाडेर निगमको नोक्सान थपेको अख्तियारले दावी गरेको छ ।
