समाचारबिहीबार, जेठ १५, २०७१

किशोरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

हिमालखबर

लमजुङको बाहुनडाँडा–८ लामपाटाकी १९ वर्षीय आइतकुमारी तामाङको शव १४ जेठ दिउँसो मध्यमस्र्याडदी जलविद्युत आयोजनाको बाँधस्थलमा फेला परेको प्रहरी नायव उपरीक्षक अच्युत पुडासैनीले जानकारी दिए ।

सदरमुकाम बेसीशहरमा डेरा गरी कक्षा ११ मा अध्ययनरत आइतकुमारी गत ७ जेठ देखि बेपत्ता थिइन् । प्रहरीका अनुसार तामाङको कोठामा उनका भित्री वस्त्र र तन्ना रगताम्य भेटिएका थिए । उनको बलत्कारपछि हत्या भएको प्रहरीको अनुमान छ । पोष्टमाटमको रिपोर्ट आएपछि मात्र घटनाको यथार्थ जानकारी हुने प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा लगिएको छ ।

आइतकुमारीको हत्या बाहुनडाडा ६ ठूलाबेसीका १८ वर्षीय जितबहादुर अधिकारीले गरेको दाबी सहित आमा सेतीमायाले किटानी जाहेरी दिएकी छन् । जीतबहादुर र आइतकुमारी दुवै एउटै विद्यालयबाट एसएलसी गरेपछि बेसीशहरमा एउटै कलेजमा अध्ययन गर्थे । उनीहरुको डेरा पनि एउटै घरमा थियो ।

आइतकुमारी वेपत्ता भएको दिन जेठ ७ दिउ“सो साढे १ बजेसम्म पनि उनीहरु दुवै जना सगै कोठामा रहेको तर, त्यसपछि आफू साथीकोमा गएकाले घटनाका बारे कुनै जानकारी नभएको अधिकारीले बयान दिएका छन् ।

पीडितकी आमा सेतीमायाले छोरीले रुँदै आफूलाई कुनै केटाले जवरजस्ती गरेको टेलिफोनमार्फत जानकारी गराएकाले हत्या गर्ने जीतबहादुर नै भएको दाबी गरेकी छन् । यसअघि पनि जीतबहादुरले जवरजस्ती गर्ने प्रयास गरेको छोरीले गुनासो गरेको सेती मायाले बताइन् ।

घटनामा संलग्न भएको आंशकामा प्रहरीले जीत बहादुर र उनकी हजुरआमा पदमकुमारी महतलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।

पिडितका परिवारजन र स्थानियबासी भने प्रहरीले अनुसन्धानमा ढिलाई गरेको भन्दै तीन दिनदेखि आन्दोलनमा छन् ।

युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>