समाचारबिहीबार, जेठ १५, २०७१
राष्ट्रपतिद्वारा १५५ जनाको बाँकी कैद मिनाहा
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भोगी रहेका १५५ जना कैदीको बाँकी कैद मिनाहा गरेका छन् । उनीहरूलाई कारगार मुक्त गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस राष्ट्रपतिले सदर गरेका हुन् ।
मन्त्रिपरिषद्को १४ जेठ राति प्रधानमन्त्री निवासमा बसेको बैठकले असल चालचलन एवम् व्यवहार प्रदर्शन गर्ने कैदीको बाँकी सजाय माफी गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी मन्त्रिपरिषद्को १४ जेठकै बैठकले राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गरेका समाजका विभिन्न वर्गका व्यक्तिलाई मानपदवी प्रदान गर्न पनि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
रासस
