थप समाचारबिहीबार, जेठ १५, २०७१

पाकिस्तानः इज्जतका नाममा ढुंगाले हानेर युवतीको हत्या

हिमालखबर

फरजानको शवका साथ उनका आफन्त । पाकिस्तानमा इज्जतका नाममा वर्षेनी हजार बढी महिलाको हत्या हुने गरेको छ । तस्वीर: रोयटर्स

तीन महीनाकी गर्भवती लाहोरकी फ़रज़ाना परवीनलाई प्रेमीसँग विवाह गरेकै कारण उनका बाबुलगायत आफन्तले अदालत बाहिर ढुंगाले हानेर हत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृतक युवती फ़रज़ानाका पति मोहम्मद इक़बालले बीबीसीसँग भनेका छन्, “हामी मद्दतका लागि गुहार लगाइह्यौं तर, कसैले सुनेनन् ।”

पाकिस्तानमा प्रत्येक वर्ष इज्जतका नाममा सयौं महिलाहरुको हत्या ‘अनर किलिङ’ हुने गरेको छ ।

राष्ट्रसंघीय मानवाधिकार आयोगकी आयुक्त नवी पिल्लेले लाहोर घटनाबाट आफूलाई गहिरो चोट पुगेको प्रतिक्रिया दिएकी छन् । उनले पाकिस्तान सरकारलाई ‘अनर किलिङ’ का नाममा हुने हत्याविरुद्ध तुरुन्तै कडा कदम उठाउन आग्रह गरेकी छन् ।

युवतीका एक आफन्त मोहम्मद इक़बालले फरजानालाई बचाउन प्रहरीले प्रयास नगर्नु अमानवीय र लज्जास्पद भएको बताए । उनले भने, “हाम्रा एक आफन्तले प्रहरीको ध्यानाकर्षण गराउन आफ्नो लुगा समेत खोले तर, प्रहरी तमासे बन्यो, निहत्था युवतीलाई ढुंगाले हानी हानी मारियो ।”

पाकिस्तानी समाजमा महिलालाई आफ्नै खुशीले विहे गर्ने छुट छैन । कतिपय समुदायमा यस्तो गर्नेहरुको हत्या समेत गरिन्छ ।

फ़रज़ानाका बाबुले प्रहरी समक्ष आत्म समर्पण गरेका छन् भने अन्य कसैलाई पनि प्रहरीले गिरफ्तार नगरेको बीबीसीले उल्लेख गरेको छ ।

फरजानाका माइती पक्षले इक़बालले उनको अपहरण गरेको आरोप लगाएका थिए तर, १३ जेठमा अदालतमा दिएको बयानमा फरजानाले आफू खुशी विवाह गरेको बताएकी थिइन् ।

पाकिस्तानको मानवअधिकार आयोगका अनुसार गत वर्ष मात्रै पाकिस्तानमा ८६९ महिलाको ‘इज्जतको नाममा’ हत्या भएको थियो । तर यो संख्या धेरै भएको अनुमान गरिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>